गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स भारतले रोक्यो

0 5

India-Gate-Delhi.jpgकाठमाडौं,बैशाख ३ । गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन भारतले रोक लगाएको छ । गोर्खा ब्रिटिस फाउन्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र दमकल आठ महिलादेखि भारतमा बिनाकारण रोकिएका आजको नागरिक दैनिकमा समाचार छ ।

कोलकतास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा दमकल मेचीनगर ल्याउने प्रयास सफल हुन सकेको छैन । काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई दमकल र दुई एम्बुलेन्स दिने सहमति भएको थियो ।

समहमति अनुसार पहिलो चरणमा एउटा दमकल र एउटा एम्बुलेन्स पठाइएको थियो । गत भर्दौ पहिलो साता बेलायतबाट गुरुङको नेतृत्वमा १५ जनाको टोलीले काठमाडौं र मेचीनगर भ्रमण गरेको थियो ।
त्यस्तै संसदको कार्यसञ्चालन नियमावली निर्माणमा व्यस्त हुनुपर्ने सांसदहरु नियमावली निर्माणलाई अलपत्र छाडेर जापान सयरमा छन् ।

You might also like More from author