बेपत्ता आयोगमा पहिलो दिनमै १५ उजुरी

0 8

download (2)

काठमाडौ, वैशाख ३ ।बेपत्ता आयोगमा उजुरी खोलेको पहिलो दिन नै देशभरबाट १५ वटा उजुरी परेको छ। आयोगका सचिव महेश शर्मा पौडेलका अनुसार पहिलो दिन बिहीवार ६ वटा जिल्ला र केन्द्रमा गरी १५ वटा उजुरी परेको छ।

आयोगले बिहीवारदेखि द्वन्द्वकालमा भएका बेपत्तासम्बन्धी अपराधमा उजुरी दिन कैही साताअघि नै सम्बन्धित पक्षहरुलाई आश्वासन गरेको थियो। आयोगबाट प्राप्त जानकारी अनुसार आयोगको केन्द्रीय कार्यालयमा २ वटा उजुरी परेको छ।

यसैगरी कैलालीमा १, बाँकेमा ४, दोलखामा ३, काभ्रपलान्चोकमा १, कास्कीमा १ र बर्दियामा ३ गरी १५ वटा उजुरी परेको छ। आयोगका सचिव पौडेलले विषयको संवेदनशीलतालाई ध्यानमा राखी कसले र कोविरुद्ध उजुरी दिएका हुन् भन्नेबारेमा हाल गौप्य राखिने जानकारी दिए। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।