हतियार देखाइ धम्की दिने दुई पक्राउ

0 8

सिराहा, बैशाख ३।

सिराहा प्रहरीले लेनदेनको विषयमा हतियार देखाइ धाकधम्की दिने दुई जनालाई बुधवार हतियार सहित पक्राउ गरेको छ।

एक थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित सिरहा नगरपालिका ९ का गणेश यादव र सोही नगरपालिका ११ का धनिक कामतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

बुधबार राति उनीहरुलाई लेनदेनको विषयमा वादविवाद हुँदा कटुवा पेस्तोल देखाई धाक धम्की दिईरहेको जानकारीपश्चात बिष्णुपुरबाट खटिएको प्रहरी टोलीले राती साढे १० बजे हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ।

photo 1