शाहरुख भन्छन् ‘म कसैको फ्यान होईन’

0 2

SRK

मुम्बई । करिब २५ वर्षदेखि बलिउडमा आफ्नो अभिनय क्षमता देखाएर करोडौं दर्शकको मन जितिसकेका बलिउड बादशाह शाहरुख खानले आफु कसैको पनि फ्यान नभएको खुलाएका छन् । यसै शुक्रबारबाट विश्वव्यापी रिलिज हुन लागेको उनी अभिनित प्रतिक्षित फिल्म ‘फ्यान’का मुख्य कलाकार शाहरुखले आफु व्यस्त भएका कारण कसैको फ्यान हुन नसकेको खुलाएका हुन् ।
‘मलाई मान्छेहरु मनपर्छन्, तर कसैको फ्यान भने हुन सकिन । म फ्यान बन्नु अघि नै स्टार बने, फ्यान बन्नु सजिलो कुरा होईन्, फ्यान बन्नका लागि कसैलाई निस्वार्थ प्रेम गर्नुपर्छ, मैले निकै कम उमेरमा फिल्ममा काम गर्न शुरु गरें, त्यसकारण पनि मलाई कसैको फ्यान बन्ने समय नै मिलेन ।’ उनले भनेका छन् ।

 

You might also like More from author