चालक लापरबाहीले एक वर्षमा १५ हजार सडक दुर्घटना !

0 5

accident

काठमाण्डौ,वैशाख २ । वर्षदिन यता नेपालका साना ठूला गरी १५ हजार हाराहारी सडक दुर्घटना भएको प्रहरी रेकर्ड छ। ती घटनामा २ हजारभन्दा बढीको ज्यान गएको छ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार २०७२ साल वैशाखदेखि चैत २८ गतेसम्म देशभर भएका १४ हजार ८ सय ३७ वटा सवारी दुर्घटनामा १ हजार ४ जनाले ज्यान गुमाएको देखिएको छ।

दुर्घटनामा मृत्यु भएका मध्ये ५ सय ७७ जना महिला र बालबालिका छन्। प्रहरीले उपलब्ध गराएको यो संख्यामा चैतका बाँकी दुई दिनमा थप दुर्घटनाका कारण मृत्यु हुनेको संख्या थपिन पुगेको छ।

तथ्यांकअनुसार यस वर्षको दुर्घटनामा मृत्यु संख्या अघिल्लो वर्षभन्दा बढी हो। गत वर्ष देशभर १८ सय जनाको दुर्घटनामा ज्यान गएको थियो। महानगरीय ट्राफिक महाशाखाका अनुसार यो वर्ष भएका दुर्घटनामा ४ हजार ५४ जना गम्भीर घाइते भए। घाइतेमध्ये १३ सय ४९ जना महिला र बालबालिका रहेको तथ्यांकमा उल्लेख छ। मोटरसाइकल तथा साना सवारी दुर्घटना संख्या ६ हजार ६५ छ। सवैभन्दा कम ट्याम्पु दुर्घटना १ प्रतिशतमात्रै छ।

महाशाखाको तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र मात्र मासिक औसत ४ सय सवारी दुर्घटना हुने गरेका छन्। यो दैनिक १३ भन्दा बढी हो भनी नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ।

 

You might also like More from author