बारपाकबासीले अझै पाएनन् घर बनाउने ठाउँ

0 9

downloadबारपाक, वैशाख १। भूकम्पपले विस्थापित भएको वर्ष दिन बितिसक्दा पनि वैशाख १२ को भूकम्पको केन्द्रविन्दु बारपाकबासीले अझ घर बनायने सुरक्षित थलो पाएका छैनन्।

भूर्गभिद्ले बसोबास गर्न नुहने भनी सिफारिस गरेका तीन सय घर बारपाकबासी बस्न थलो नपाएर अन्योलमा छन्।भूगर्भविदको अध्ययनले बारपाक १ का पोखरी र स्नान, २ को मान्दे, ३ को कुँजे, ८ को कोटडाँडा, ५ को दलितबस्ती, ४ को स्यामेर चोङ्गंगमा तत्काल बस्न नहुने भनेपछि उनीहरुले अहिलेसम्म अन्यत्रै अस्थायी रुपमा बसिरहेका छन्।

पोखरीगाउँका लालबहादुर गुरुङले एक वर्ष बितिसक्दा पनि अन्तिम प्रतिवेदन नआउँदा पक्की घर बनाउने र बस्ने ठाउँ नपाएको बताए ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।