ग्याँस आपूर्ति गर्न तीन विदेशी कम्पनी इच्छुक

0 14

काठमाडौ, वैशाख १ । भारतीय एकाधिकार रहेको इन्भन आपूर्तिमा केही विदेशी कम्पनीले नेपालमा ग्याँस आपूर्ति गर्न इच्छा देखाएका छन्। भारतको नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेसन आइओसीले मागे जति ग्याँस नदिएपछि सरकारले बिकल्प खोज्ने तयारी गरिरहेको बेला चीन, दुबई, मलेसियाका कम्पनीले ग्याँसआपूर्ति गर्ने चाहना राखेका हुन्।

नाकाबन्दी खुलेको दुई महिनासम्म पनि उपभोक्तालाई ग्याँस पुर्याउन नसकेकोले सरकारले नीतिगत निर्णय गरे अन्य देशबाट पनि ग्यास ल्याउन सकिने नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए।

अहिलेसम्म मासिक करिब २९ हजार मेट्रिक टन ग्याँस खपत हुँदै आएकोमा उर्जा संकट र सहरी संस्कृतिको विकासले उपभोक्ता बढेकाले करिब १० हजार मेट्रिक टन ग्याँसको माग बढेको निगमले जनाएको छ।

दाउराको प्रयोग घट्दै गएको र बिजुली पर्याप्त आपूर्ति नभएको बेला ग्याँस प्रयोगकर्ता बढडैकाले बजारमा किरब ४० हजार मेट्रिक टन ग्याँस आवश्यक देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ।

download (1)