अनुदान सम्झौता

0 4

धुन्चे,रसुवा,चैत २९ । भूकम्पपछिको पुनःनिर्माणको अनुदान रकम समुदायमाझ वितरण गर्न आईतबारदेखि रसुवामा प्रक्रिया सुरु भएको छ ।

स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न सम्बन्धित गाविस र लाभग्राहीबीच सम्झौता सम्पन्न गरिएको छ । बृद्धिम गाविस वडा नं १ का ५० परिवारबीच आज सम्झौता भएको हो ।

हाललाई नेपाल बैंकबाट मात्र खाता खेल्ने व्यवस्था मिलाइएको र एक÷दुई हप्ताभित्र भूकम्पपीडित लाभग्राहीले सम्झौता देखाई पहिलो किस्ताबापत रु ५० हजार पाउनसक्ने स्थानीय विकास अधिकारी पाण्डेले बताए।

पुनःनिर्माण प्राधिकरणका कर्मचारी र जिल्लास्थित राजनीतिक दल, नागरिक समाजबीच सर्वपक्षीय बैठकको निर्णयबमोजिम बृद्धिम गाविसबाट कार्यारम्भ सुरु गरिएको बताइएको छ ।