प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिस

0 12

download (1)

काठमाडौँ, चैत २९ ।

संवैधानिक परिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ यही चैत मसान्तबाट उमेद हद ९६५ वर्ष० का कारण अवकाश हुने भएपछि क्षमता र योग्यताको आधारमा कार्की प्रधानन्यायाधीशमा गरिएको हो ।

निर्णयअनुसार परिषदको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सोमबार प्रधानन्यायाधीशमा कार्कीको नाममा सुनुवाइ गर्न संसद सचिवालयलाई पत्र पठाई आग्रह गर्नेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपति विद्या भण्डारीले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछिन्  ।संसदीय सुनुवाइ नभएसम्म कार्कीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछिन्

सभामुख ओनसरी घर्ती अस्वस्थ भई अस्पतालमा भर्ना भएका कारण परिषदको आइतबार बिहान बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न सकेको थिएन। प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले सुमेरु अस्पतालमा भर्ना भएकी घर्तीलाई भेटेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गरेपछि साँझमा बसेको बैठकले निर्णय गरेको हो ।

कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज बिराटनगरबाट २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी हुन्।  उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक, बिएल गरी कानुनी यात्रा सुरु गरेकी हुन् ।