सरोगेट आमाको ज्यान जोखिममा

0 13

download (3)

काठमाडौ, चैत २९। सर्वोच्च अदालतले गरेको निर्णयविपरीत अस्पतालले समय नपुग्दै सरोगेट आमाको शल्यक्रियाको जोखिम उठाइरहेका छन्। अस्पतालले बच्चा जन्मिने परिपक्व समय नपुग्दै शल्यक्रिया गरेर सरोगेट दम्पतीलाई शिशु बुझाउन थालेका छन्। उनीहरुले गर्भाधान भएको सात महिना नपुग्दै सम्बन्धित सरोगेट आमाको गर्भबाट शिशु निकालेर हस्तान्तरण गर्न थालेका हुन्।

एक अष्ट्रेलियन दम्पतीले एक भारतीय महिलामा २०७२ साउन ३ गते भ्रूण प्रत्यारोपण गरेको थियो। काठमाडौं प्रमुख सरोगेसी सेवाप्रदायक अस्पताल ग्रान्डी सिटी क्लिनिकले २०७२ माघ १४ मा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु जन्माएको छ जुन गर्भ रहेको ६ महिना ७ दिन मात्र हो। अर्को एक अस्ट्रेलियन जोडीले २०७२ साउन १७ गते भारतीय आमासँग कोखा भाडामा लिएकोमा त्यही अस्पतालबाट सातौ महिनामा शल्यक्रियाबाट शिशु जन्माइएको थियो। नागरिक दैनिकमा समाचार छ।

गृह मन्त्रालय र अध्यागमन विमागले गत कात्तिक १२ मा जन्मिसकेका र सर्वोच्चले आदेश दिनुअघि गर्भवती भइसकेका सरोगेट आमाबाट भविष्यमा जन्मने शिशुलाई विदेशी दम्पतीले घर लैजान पाउने निर्णय ग¥यो। अदालतको निर्णयअघि गर्भाधान भएका आमाहरुको हकमा ९ महिनासम्म पर्खिने निर्णयसमेत भएको थियो।