सुरक्षा चुनौतिका विषयमा गम्भीर छलफल

0 3

Police

इटहरी, चैत २९ । गृहमन्त्री शक्ति बस्नेतले पूर्वी नेपालको सुरक्षा चुनौतिका विषयमा मिहिन र गम्भीर छलफल भएको र छलफलबाट शान्ति सुरक्षा कायम गर्ने विषयमा प्राप्त सुझावहरुलाई लिपिबद्ध गर्ने कार्य समेत भएको बताएका छन् ।
उनले जातीय क्षेत्रीय र सङ्घीय सिमाङ्कनका मुद्दाका विषयमा उठेका विषय तथा त्यसले भविष्यमा उत्पन्न गराउन सक्ने आन्दोलनको अवस्थाका

विषयमा समेत विस्तृत छलफल गरेको जानकारी पनि दिए । उनले ती सवै विषयमा सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरुबीच छलफल भएकाले अव चाँडै मन्त्रालयले त्यसलाई अरु मूर्त रुप दिनका लागि कार्य अघि बढाउने पनि सहमति बनेको बताए ।
गृहमन्त्री बस्नेतले आज सुनसरी जिल्लाको इटहरीस्थित जुट अनुसन्धान कार्यालयको हाताभित्र इलाका प्रहरी कार्यालय भवन निर्माणका लागि प्राप्त गरिन लागेको एक विगाह जमिनका विषयमा जानकारी लिने क्रममा स्थानीय सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिने क्रममा बताएका हुन् ।