काँग्रेस संसदीय दल निर्वाचन : पाँच बजे परिणाम आउने

0 6

PD

काठमाण्डौ,चैत २४ । नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विहान ११ बजे सुरु भएको मतदान आजै २ बजे सम्पन्न हु्ँनेछ ।

सभापति देउवा र नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । एक महिना पहिले भएको पार्टीको १३ औं महाधिवेशनमा पौडेल देउवासँग ५ सय २६ मतको फराकिलो अन्तरले पराजित भएका थिए ।

संसदीय दलको निर्वाचनमा पनि देउवाले नै जित हासिल गर्ने बलियो सम्भावना देखिएको छ । पौडेल पक्षका कतिपय सांसद्हरु देउवा पक्षमा लागेका कारण देउवाको जितको सम्भावना बलियो भएको हो ।

निर्वाचन समितिका संयोजक रमेश रिजालले अपरान्ह ५ बजेसम्म मतदानको नतिजा आइसक्ने बताए । काँग्रेसमा २ महिनादेखि संसदीय दलको नेताको पद रिक्त छ । तत्कालीन सभापति सुशिल कोइरालाको गत माघ २७ गते निधन भएपछि काँग्रेसमा संसदीय दलको नेताको पद रिक्त भएको हो ।