एसएलसी दिन नपाउँदा आत्महत्या

0 9

अछाम, चैत १९ । प्रवेशिका परीक्षा एसएलसी दिन नपाउँदा अछामको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले आत्महत्या गरेकी छन् ।

उनले  बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् । परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन् । आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताए ।

अछाम प्रहरीले भने उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए । मृतकको शवपरीक्षण जिल्ला अस्पताल अछाममा गरिएको छ ।