सालको काठ बरामद

0 9

woooo

रौतहट,चैत १७ । वन कार्यालय रौतहटको गस्तीले मंगलबार बेलुका ठूलो परिमाणमा चोरी–कटानीको सालको गोलिया तथा किरान काठ समातेको छ ।

इलाका वन कार्यालय धन्सारका सहायक वन अधिकृत शुभनारायण यादवको कमान्डमा सशस्त्र जम्दार, राजदेवप्रसाद कुसवाहको गस्ती टोलीले भोलनटारस्थित राष्ट्रिय जङ्गलमा काठ चिरान गर्दै गरेको अवस्थामा बारा जिल्ला निजगढ नगरपालिका–१० सिङ्गोल बस्ने ३० वर्षीय सोमलाल धामीलाई ६८।७७ क्युबिक काठसहित पक्राउ गरेको हो ।

वन गस्ती टोलीले घटनास्थलबाट काठ चिर्ने आरो बञ्चरोसहित चिरान काठ तथा सालका गोलिकासमेत बरामद गरेको छ । बरामद काठ जिल्ला वन कार्यालयमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धन भइरहेको सो कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालय रौतहटको गस्ती टोलीले आज बेलुका ठूलो परिमाणमा चोरी–कटानी गरी लैजाँदै गरेको अवस्थामा सालको गोलिया तथा किरान काठ बरामद गरेको छ ।

वन गस्ती टोलीले घटनास्थलबाट काठ चिर्ने आरो बञ्चरोसहित चिरान काठ तथा सालका गोलिकासमेत बरामद गरेको छ । बरामद काठ जिल्ला वन कार्यालयमा राखिएको छ ।