ठुलो पुरस्कारराशीको भलिबल प्रतियोगिता प्रचण्डले उद्घाटन गर्ने

0 10

Prachanda

भद्रपुर,चैत १७ । राजधानीबाहिर पहिलोपटक आयोजना हुन लागेको ठूलो धनराशीे पुरस्कार भएको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३ को सम्पूर्ण तयारी सकिएको छ ।

झापाको दुवागढी–६ धाइजन मोडमा नयाँ वर्षको दोस्रो दिन वैशाख २ देखि सुरु हुने प्रतियोगितामा आठ टिम सहभागी हुँदैछन् । ती टिमले १५ खेल खेल्नेछन् ।

पाँच विकास क्षेत्रमध्येबाट तीन टिम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा जाउलाखेल भलिबल क्लबका टिम रहने नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले बताए ।

यो भलिवल प्रतियोगिताको उद्घघाटन एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् । प्रतियोगिताका प्रथम विजयीलाई तीन लाख १५ हजार, दोस्रो विजयीलाई एक लाख ७५ हजार तथा तेस्रोलाई एक लाख १० हजारका दरले नगद पुरस्कार र सिल्ड ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई नगद २५ हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने कुरा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण रिजालले जानकारी दिए ।