मैत्री राजदूतमा सगरमाथा आरोही

0 7

Yochori

 

काठमाडौँ,चैत १३ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकीका अवसरमा प्रसिद्ध जापानी पर्वतारोही योचिरो मिउरा मैत्री राजदूत नियुक्त भएका छन् ।

जापानको वैदेशिक मामिला मन्त्रालयले दुई मुुलुकबीचको भ्रमण आदानप्रदान र मित्रतालाई प्रवर्धन गर्ने उद्देश्यले मिउरोलाई मैत्री राजदूत नियुक्त गरेको जापानी दूतावासले जनाएको छ ।

नेपालसँग घनिष्ट सम्बन्ध रहेकी मिउराले तीन पटकसम्म सगरमाथाको सफल आरोहण गरेका छन् । तेस्रो पटक सगरमाथा आरोहण गर्दा उनी ८० वर्षका थिए । साठीऔँ वार्षिकीका अवसरमा लोगो पनि छनोट गरिएको छ । लोगोमा जापानको राष्ट्रिय फूल साकुरा, नेपालको राष्ट्रिय फूल लालीगुराँस र दुवै देशको मित्रताको प्रतीक हिमालयलाई राखिएको छ ।