दुई सय विद्यार्थी परीक्षाबाट बन्चित

0 12

Students

चितवन,चैत  । जिल्लाका करिब २०० विद्यार्थी हाजिरी नपुगैले प्रवेशिका परीक्षा दिनबाट बन्चित हुनेभएकाछन् ।
शिक्षा कार्यालयका अनुसार सामुदायिक र संस्थागत विद्यालयका गरी ७५ प्रतिशत विद्यार्थीले हाजिरी नपुगेकाले परीक्षा दिन नपाउने भएका हुन् ।

 

परीक्षा शाखा प्रमुख ज्ञानहरि पौडेलका अनुसार यस शैक्षिकसत्रमा २२० दिन विद्यालय खुलेर १९२ दिन पढाइ भएको थियो । पढाइ भएका दिनको ७५ प्रतिशत हाजिरी नपुग्ने विद्यार्थीले परीक्षा दिन नपाउने भएका हुन् ।

 

चितवन जिल्लामा यस वर्षको प्रवेशिका परीक्षामा १२ हजार ५२७ विद्यार्थी सहभागी हँुदै छन् । जसमध्ये सामुदायिक विद्यालयका सात हजार ६५१, संस्थागत विद्यालयका चार हजार ७७४, खुल्लाका ७५, प्राविधिकका २६ र निजी तर्फका एकजना परीक्षार्थी छन् ।

 

गत वर्षको प्रवेशिका परीक्षामा चितवनबाट १० हजार ४७ जना सहभागी भएका थिए । यस वर्ष प्रवेशिका परीक्षाका लागि ३९ वटा केन्द्र तोकिएको छ ।

आगामी चैत १८ गतेबाट हुने परीक्षामा जिल्लाभरबाट सामुदायिक ९३, संस्थागत ११८, खुला विद्यालयतर्फ एउटा, प्राविधिक विद्यालयतर्फ एउटा र निजीतर्फ एउटा गरी कुल २१४ विद्यालय परिक्षामा सहभागी हुँदैछन् ।