काठमाण्डौमा हजार वैज्ञानिक भेला हुँदै

0 7

download

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले यही चैत १६ गतेदेखि काठमाडौंमा विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ । यो भेलामा सार्कसहित दश मुलुकका हजार वैज्ञानिक राजधानीमा भेला हुनेछन् ।

नाष्टले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरी चैत १६ गतेदेखि १८ गतेसम्म सातौं विज्ञान तथा प्रविधि सम्मेलन गर्न लागेको जानकारी दिएको हो । प्रतिष्ठानले २०४५ सालयता हरेक चार वर्षको अन्तरालमा सम्मेलन गर्दै आएको छ ।

नेपाली वैज्ञानिक तथा प्राविधिज्ञहरुले प्रतिष्ठानले गर्ने सम्मेलनलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका अनुसन्धान उपलब्धीहरुबारे जानकारी आदानप्रदान गर्ने तथा रणनीतिका लागि वहस गर्ने सबैभन्दा ठूलो थलोका रुपमा लिने गरेका छन् । तीन दिने सम्मेलनका क्रममा ५६ वटा प्राविधिक सत्र संचालन गरी ६ सय ८ वटा वैज्ञानिक÷प्राविधिक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको नाष्टले जनाएको छ ।

नाष्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले यस पटकको सम्मेलनलाई राष्ट्रिय पुनर्निमाण प्राधिकरणलाई सहयोग पु¥याउन भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण सम्बन्धी प्रविधिमा केन्द्रीत गर्न लागेको बताए । उनले त्यसका साथै उर्जाका विषयमा पनि वहस हुने बताए ।

करिब एक हजार वैज्ञानिक÷प्राविधिकहरुको सहभागीता रहने सम्मेलनमा भारतको जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स्ड रिसर्चका वैज्ञानिक प्रा. डा. सीएनआर राओ र चीनको चाइनिज एकेडेमी अफ साइन्सेजका अध्यक्ष प्रा. डा. बाइ चुन्लीले मुलुकको विकासमा विज्ञान प्रविधिको भूमिका विषयमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा दक्षिण एसियाली मुलुकसहितका विभिन्न १० मुलुकका वैज्ञानिकहरुले सहभागीता जनाउने नाष्टले जनाएको छ ।