स्वाभिमान अभियान : पाँचथरमा जागरण सभा

0 8

 

पाँचथर, चैत १२ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७२ चैत्र ११ गते पाँचथरको फिदिममा स्वाभिमान अभियान अन्तर्गत शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान : एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल नारा सहित जागरण सभा सम्पन्न भएको छ ।

मानव अधिकार तथा शान्ति समाज पाँचथर शाखाका सभापति चन्द्र आङदम्बेको सभापतित्वमा सम्पन्न जागरण सभामा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले घृणात्मक अभिब्यक्ति स्वतन्त्रता नभएर मानवता बिरुद्धको अपराध भएको हुँदा त्यस्तो कृत्य कसैलेपनि गर्न नहुने स्मरण गराए ।

राष्ट्रको स्वाभिमान माथी आँच आउने कार्य कसैलेपनि गर्न नहुने भन्दै पहाडीले जगत रहेमात्र जीबन रहने हुँदा प्रकृतीको संरक्षणमा जोड दिए । साथै बिपद्का बेला उद्धार राहत र पुनर्वासका लागि बलियो संयन्त्र हुनुपर्ने र जीबनचक्र परिस्थिति सन्तुलनमा गम्भिर बन्न आग्रह गरे ।

सभामा नेपाली काँग्रेसका जिल्ला सचिब रुपनारायण जबेगु, एनेकपा माओबादीका महेन्द्र जबेगु, राप्रपा नेपालका घनेन्द्र कुरुम्बाङ, संघीय समाजबादी फोरमका तुम्याहाङ नेम्वाङ्ग, राप्रपाका मानदेव केरुङ्ग, संघीय लिम्बुवान पार्टी नेपालका कमलराज नेम्वाङ्ग, नेकपा मालेका लय बास्कोटा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नरेन्द्र दुलाल, उद्योग बाणिज्य संघ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले अभियानको सफलताको शुभकामना सहित मन्तब्य ब्यक्त गरेका थिए ।

यसैगरि समाजको अभियान बारे महासचिव उत्तम पुडासैनीले, स्वागत राजन रम्तेलले र अवधारणापत्र समाजका कोषाध्यक्ष रेणुका पौडेलले र युवा कबी सुदेश सत्यालले कबिता प्रस्तुत गरेका थिए ।