गुगलको लापर्वाहीप्रति सञ्चारकर्मीको विरोध

0 16

इटहरी, चैत १२ । विश्व चर्चित सर्च इन्जिन गुगलले विश्वमा नै चर्चित र अग्लो शिखर सगरमाथा नेपालमा भएको तथ्यलाई बङ्ग्याएर नियतबस चीनको भुगोलमा देखाएर गम्भीर भुल तथा त्रुटी गरेकाले त्यसलाई तत्काल सच्याउन भनिएको छ । सुनसरी जिल्लामा सक्रिय रहेका सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरुसमेतको इटहरीमा सक्रिय सहभागितामा शुक्रवार विहान गुगलको विरोध गर्दै निकालिएको -यालीले इटहरी उपमहानगरपालिका क्षेत्रको मुख्य मुख्य स्थानको परिक्रमा गरेको छ ।

गुगलका कार्यकारी निर्देशक भारतीय नागरिक सुन्दर पिचाई रहेकै कारणले नेपालको बदनाम गराउन वा चीन र नेपालबीच बेमेल गराउने नियतले त्यसो गरिएको र त्यो ज्यादै ठूलो भूल तथा गल्ती भएको भन्दै सञ्चारकर्मी एवं सचेत नागरिकहरुले इटहरीमा भेला भएर गुगलको सो कदमको विरोध जनाएका हुन् ।

¥यालीपछि इटहरी चोकमा भएको कोणसभामा नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव बाबुराम सुवेदीले गुगलले जानेर वा नियतबस गम्भीर भुल गरेकाले त्यसलाई सच्याउनुपर्ने र नेपाल सरकारले पनि त्यो विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै गुगलको सो कदमलाई सच्याउन सचेत हुनुपर्नेमा जोड दिए ।

रिपोटर्स क्ल्व सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा भएको कोणसभामा नेपाली काङ्ग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले पनि आफ्नो धारणा राख्नुहुँदै विश्व चर्चित गुगलले त्यस्तो त्रुटी र लापर्वाही गर्नु भनेको कहि नसुहाउने विषय भएको टिप्पणी गर्नुहुँदै त्यसलाई तत्काल सच्याउनुपर्ने बताए ।