चितुवाको छालासहित एक पक्राउ

March 24 2016 09:58

chituwa

काठमाडौं, चैत ११ । संरक्षित वन्यजन्तु चितुवाको छालासहित राजधानीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको कोटेश्वरबाट अवैध रुपमा विक्रि गर्न लिइहिडेको अवस्थामा उदयपुर घर भई हरिसिद्धि बस्ने ध्रुव भनिने कृष्णबहादुर राईलाई पक्राउ गरेको हो । अपराध महाशाखाको टोलीले एउटा चितुवाको छालासहित पक्राउ गरेको जनाएको छ । चितुवाको छाला प्रहरीले आवश्यक कानुनी कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाएको पनि जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top