स्थानीय निकायका संगठनमा एकता हुँदै

0 8

काठमाडौं, चैत ११ । स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल र नेपाल नगरपालिका कर्मचारी एसोसियसनबीच एकता हुने भएको छ । स्थानीय निकायमा कार्यरत पेसाकर्मीको हक, अधिकार र सेवा सुरक्षालगायत सवालमा एकीकृत र सङ्गठितरुपमा अघि बढ्ने उद्देश्यले एकता गर्न लागिएको हो ।

दुवै संस्थाका प्रतिनिधिहरुले आगामी चैत २६ गते औपचारिक कार्यक्रम आयोजना गरी एकताको घोषणा गर्ने तयारी गरेका छन् । हरिकुमार श्रेष्ठ र भीमप्रसाद पौडेलको नेतृत्वमा रहेका ती दुइ सङ्गठनका पदाधिकारी सम्मिलित १३ सदस्यीय कार्यदल र पाँच सदस्यीय विधान मस्यौदा समितिले एकताका लागि आवश्यक गृहकार्य गरिरहेकोे संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

कानुनी र प्रक्रियागत तयारी पूरा गरी एकताको महाधिवेशन गर्न केही समय लाग्ने भएकाले सङ्घको आगामी चैत २५ र २६ गतेका लागि निर्धारित चौथो राष्ट्रिय अधिवेशन हाल स्थगन गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।