प्रधानमन्त्री ओलीले बोआओ सम्मलेलनलाई सम्बोधन गर्दै

0 12

काठमाडौं, चैत ११ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीसहितको टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या पुगेको थियो ।

प्रधानमन्त्रीले विहीवार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सान्या पुग्नुअघि प्रधानमन्त्री ओलीले बेइजिङस्थित ‘ग्रेटहल अफ द पिपुल’ मा बुधबार जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष यु झेङ्गसेंगसँग भेट गरेका थिए । उनीहरुबीच नेपाल–चीनबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गरी सम्बन्ध सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको थियो ।