फुटबलको एएफसी सरोकारवाला पक्षहरुसँग छलफल गर्दैछ ।

0 8

 काठमाडौं, चैत १० । नेपाली फुटबलको विवाद मिलाउने प्रयासस्वरुप काठमाडौं आएको एशियाली फुटबल महासंघ ए.एफ.सी.को टोलीले आज सरोकारवाला पक्षहरुसँग छलफल गर्दैछ ।

अखिल नेपाल फुटबल संघ विरुद्ध लामो समयदेखि आन्दोलन गर्दै आएका उपाध्यक्ष कर्मा छिरीङ शेर्पालगायतको टोलीलाई पनि मिलाउने उपाय खोज्न ए.एफ.सी.को टोली काठमाडौं आएको हो ।

ए.एफ.सी.का अन्तराष्ट्रिय सम्बन्ध विभागका निर्देशन सञ्विज बालासिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोलीले आज एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, विपक्षी समुहका कर्मा छिरीङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवक्मार विष्टलगायतका सरोकारवालाहरुसँग छलफल गर्न लागेको हो ।

नेपाली फुटबलमा आर्थीक अनियमितता भएको भन्दै कर्मा छिरीङ शेर्पा लगायतका तीन उपाध्यक्षले आन्दोलन सुरु गरेपछि एन्फाका तत्कालिन अध्यक्ष गणेश थापाले उनीहरुलाई करावाही गरेका थिए ।

तर थापा स्वयम् विश्व फुटबल महासंघ फिफाबाट १० वर्षे प्रतिबन्धमा परेपछि नेपाली फुटबलमा नयाँ विकल्पमाथिको वहस सुरु भएको छ ।