भूकम्प प्रभावित किसानलाई मकैको बीउ

0 28

त्रिशूली,नुवाकोट,चैत ९ । मकैको बिउ छर्ने सिजन सुरु हुनलाग्दा यहाँका भूकम्प प्रभावित किसानले मकै र तरकारीको बीउ पाएका छन् ।

नुवाकोटको कुमरी र चाउथे गाविसका दुई हजार ५०० भूकम्प प्रभावित किसानलाई मकै र तरकारीको बीउ वितरण गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०को सहयोगमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपालले कुमरी गाविसका एक हजार ५६५ परिवारलाई मकै र तरकारीको बीउ वितरण गरेको हो । यस्तै चाउथे गाविसको ढोकाभञ्ज्याङबाट पनि एक हजार आठ परिवारलाई बीउ वितरण गरिएको छ ।

किसानलाई मनकामना, देउती, रामपुर कम्पोजिट र अरुण २ जस्ता बीउ वितरण गरिएको हो । नुवाकोटमा १२ हजार घर परिवारलाई प्रतिपरिवार पाँच किलोको दरले मकैको बीउ वितरणको योजना रहेको एफएओको जिल्ला संयोजक महेन्द्र अधिकारीले जानकारी दिए ।