नेपाल चीनबीच पारवहन तथा व्यापार सम्झौता  

0 7

काठमाडौं, चैत ८ । नेपाल र चीनबीच पारवहन तथा यातायातलगायतका महत्वपूर्ण विषयमा सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओली र उनका समकक्षी ली खछयाङबीच बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा भएको उच्चस्तरीय वार्तापछि दुई देशबीच सम्झौता भएको हो ।

नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुविधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्नेलगायतका सम्झौता भएको छ ।

दुई प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको विकासमा चीनले पु¥याउने सहयोगका विविध पक्षमा विचारविमर्श भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।