चीन र नेपालबीच द्विपक्षीय वार्ता सम्पन्न,विभिन्न सम्झौतामा हस्ताक्षर

0 9

oli

काठमाडौं,चैत ८ । नेपाल र चीनबिच यातायात पारवहन, स्वतन्त्र व्यापार तथा ऋण सहायता सम्बन्धि केहि महत्वपुर्ण सम्झौता भएको छ । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओली र चीनका अधिकारीहरु बिच उक्त सम्झौता भएको हो । आज बिहान भएका सम्झौताहरूमा नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका छन् ।

आफुलाई राष्ट्रवादी भन्दै चीनसँग पनि भारतसँग जस्तै ईन्धन लगायतका सम्झौता गर्ने भाषण गरेपनि भारतीय दवावपछि प्रधानमन्त्री केपी ओली त्यसबाट पछि हटेका छन् । भारतीय प्रधानमन्त्रीका विशेष दूत र विदेश मन्त्रीले चीन जानु केही दिन अघिमात्र भेट गर्दै उनलाई चीनसँग ईन्धन सम्झौता नगर्न चेतावनी दिएको खवर बाहिर आएको थियो । स्मरणीय छ भारतले नेपालमाथि नाकाबन्दी गरेपछि प्रधानमन्त्री ओली आफैंले आपुर्तिमन्त्री गणेशमान पुनलाई ईन्धन सम्झौताको लागि भन्दै तयारी गर्न चीन पठाएका थिए । तर भारतले दवाव दिएपछि सार्वभौम मूलुकका प्रधानमन्त्री रहेको ओली भारतसामु घुँडा टिक्दै चीनबाट ईन्धन सम्झौता गर्नबाट पछि हटेका छन् ।

यसअघिका प्रधानमन्त्री जस्तै भारतीय आशिर्वादकै आशामा देखिएका ओली आफ्नो सरकार ढल्ने र भारतसँग एमालेको सक्रियतामा भएका राष्ट्रघाती सम्झौताको पोल खोल्ने भयपछि सम्झौताबाट पछि हटेको राजनीतिक विश्लेषक भरत दाहालले बताएका छन् ।

यसैबिच मित्र राष्ट्र चीनको भ्रमणका क्रममा प्रधानमन्त्री र चीनका प्रधानमन्त्रीबीच आज भेटवार्तासँगै विभिन्न सम्झौताहरु भएका छन् ।

प्रमूख मुद्दाको रुपमा हेरिएको ईन्धन सम्झौता गर्नबाट पछि हटेपनि ओली र चीनका समकक्षीबीचको भेटमा नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।