एसएलसीमा लेटर ग्रेडिङ प्रणाली

0 15

ई र डी ग्रेडले उच्च शिक्षा अध्ययन गर्न नपाउने

शम्भु गौतम/
दोलखा, चैत ८ ÷ एसएलसी परीक्षामा डी र ई ग्रेड प्राप्त गर्ने विद्यार्थीले उच्च शिक्षाका लागि भर्ना नपाउने भएका छन् ।

SLC
उच्च माध्यामिक शिक्षा परिषद्का सदस्य सचिव नारायणप्रसाद कोइरालाले एसएलसी परीक्षाको नतिजामा यो बर्षदेखि प्रयोग गर्न लागिएको लेटर ग्रेडिङ प्रणालीमा केही परिर्वतन गरिएको उल्लेख गर्नुहँुदै डी र ई ग्रेडका विद्यार्थीले कक्षा ११ मा भर्ना नपाउने बताएका हुन् ।

प्राविधिक धारतर्फबाट एसएलसी परीक्षा दिने विद्यार्थीहरुको नतिजा गत वर्षबाट अक्षराङ्कन पद्धतिमा गर्न थालिएको भए पनि साधारण धारतर्फको नतिजा यस वर्षदेखि अक्षराङ्कन पद्धतिबाट गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको छ ।
राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषदको बैठकले यस अघिको एन ग्रेडिङलाई हटाएर डि प्लस र डि ग्रेडिङ कायम गरिएको छ । सदस्य सचिव

कोइरालाले भने, ‘अब डी र ई ग्रेडका विद्यार्थीहरुले कुनै पनि हालतमा ११ कक्षामा भर्ना पाउँदैनन् ।’ दोलखा सदरमुकाम चरिकोटमा उच्च माध्यामीक शिक्षा परिषदले आयोजना गरेको ‘उच्च माध्यमिक शिक्षामा सामाजिक सञ्जालको महत्व’ विषयक बक्तृत्वकला प्रतियोगिता उद्घाटन कार्यक्रममा सदस्य सचिव कोइरालाले परीक्षा नतिजामा विषयगत ग्रेडिङ समेत हुने भएकोले विज्ञान विषयमा डी वा ई ग्रेड पाउने विद्यार्थीले विज्ञान विषय लिएर उच्च अध्ययन गर्न नपाउने बताए ।

उनले विद्यार्थीहरुले विषयगत ग्रेडिङमा कुन कुन विषयमा राम्रो अङ्क ल्याएका छन् सोही अनुसारको विषयमा भर्ना लिन उच्च माध्यामिक विद्यालयहरुलाई आग्रह समेत गरे । सदस्य सचिव कोइरालाले अर्कोवर्षदेखि ११ र १२ मा पनि लेटर ग्रेडिङ प्रणाली लागु गरिने जानकारी दिए ।

परिषदले आयोजना वक्तृत्वकला प्रतियोगितामा कुटीडाँडा उच्च मावि मकैवारीका कमला तमाङ प्रथम, हिम्स उच्च मावि चरिकोटका कमल श्रेष्ठ द्वितीय, कालिञ्चोक उच्च मावि चरिकोटका विनायक शिवाकोटी तृतीय र हनुमन्तेश्वर उच्च मावि काब्रेका चण्डिका खतिवडा तथा भीम उच्च मावि दोलखाका मणिराज तमाङले सानत्वना पुरस्कार पाएका छन् ।