साउदीमा कार्यरत २५ नेपाली पक्राउ

0 8

जनकपुर, चैत ८ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका २५ जना नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका मात्रै १२ जना रहेको जनाइएको छ ।

साउदीको रूवाफिद अल ट्रोक कम्पनीले कामको लागि अनुमतिपत्र नदिएको र प्रक्रियासमेत पूरा नगराएका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। पक्राउ परेका शिवकुमार मण्डलले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनुषाका देवनारायण पासवान, भरोसी मण्डल, लालबाबु सहनी, उत्तिम मण्डल, जीवछ साह, नागेन्द्र महरा, उमेश साह, रामबाबु, रामनारायण यादव, सुलेमान र सुरेश साह रहेका छन् ।

साउदी रियाज अफ अलफर्ज सिसिबलदिया प्रहरीले पक्राउ गरिएकालाई जेल चलान गरिसकेको छ । मण्डलले आफूलगायतलाई प्रहरीले एक महिनादेखि हिरासतमा राखी अनुुसन्धान गरिरहेको बताए ।