राजकुमार ह्यारी बर्दिया भ्रमणमा

0 10

काठमाडौं, चैत ८ । नेपालको पाँच दिने भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी आज बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकनका लागि बर्दिया जाँदैछन् । बर्दिया भ्रमणका क्रममा उनले खौरही नदीमा -याफ्टिङ गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

त्यसअघि हिजो उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा राजकुमार ह्यारीले भूकम्पपछि पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको भन्दै बेलायत फर्केपछि आफूले नेपालको पर्यटन प्रवद्र्धनका लागि सबै प्रकारका प्रयास गर्ने बताएका थिए ।

गत वैशाखमा गएको महाभूकम्प पु¥याएको क्षतिबारे आपूm पूर्ण जानकार रहेको भन्दै राजकुमार ह्यारीले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन आफूले पदयात्रा र घरबासलगायतका कार्यक्रम गर्न लागेको बताए । त्यस क्रममा राष्ट्रपति भण्डारीले नेपाल र बेलायतबीचको सम्बन्ध राजकुमार ह्यारीको नेपाल भ्रमणपछि अझै बलियो हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिका संचार विज्ञ माधव शर्माले जानकारी दिए ।

राजकुमार ह्यारीले हिजै पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरे । उनले पाटनको गोल्डेन टेम्पल, कृष्ण मन्दिर लगायतका क्षतिग्रस्त मन्दिर र सम्पदाहरुको अवलोकन गरे । दरबार क्षेत्रमा उनलाई हेर्न स्थानीय बासिन्दाका साथै पर्यटकको घुँइचो लागेको थियो । यसैगरी राजकुमार ह्यारीले हिजै भक्तपुर दरवार स्क्वायरको पनि अवलोकन भ्रमण गरे । उनले भक्तपुरको व्यासीस्थित भूकम्प पीडितको अस्थायी शिविरमा पनि पुगी पीडितहरुका बारेमा जानकारी लिए ।

राजकुमार ह्यारीले ९ गते पोखरा भ्रमण गर्ने कार्यक्रम छ । चैत १० गते भने राष्ट्रपति भण्डारी र राजकुमार ह्यारीले काठमाडौंमा आयोजना हुने बालिका सम्मेलनको संयुक्त रुपमा उदघाटन गर्नेछन् ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा बेलायती महारानी एलिजावेथ द्वितीयका कान्छा नाती ह्यारी महारानीको प्रतिनिधिको रुपमा नेपाल आएका हुन् ।