५ करोडमा १५ ओटा लिफ्ट सिँचाइ उपआयोजना

0 14

lift_irrigation1

काठमाडौँ ६ चैत्र, । कञ्चनपुर– एसियाली विकास बैंक ९एडिबी०को रु ९८ लाख ८४ हजारको आर्थिक सहयोगमा कञ्चनपुरको कृष्णपुर–१ सुन्दरीफाँटामा लिफ्ट सिँचाइ उपआयोजना निर्माणको कार्य सुरु गरिएको छ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार कृषि सडक विभाग ९डोलिडार०ले एसियाली विकास बैंकको सहयोगमा सामुदायिक सिँचाइ आयोजना निर्माणको कार्य सुरु गरेको हो।

आर्थिक रुपले विपन्न र सामाजिक रुपमा पिछडिएका किसानको सिँचाइ सुविधामा पहुँच बढाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउन सिँचाइ आयोजना निर्माण भइरहेको सुन्दरीफाँटा जलउपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बताए।

ूवनहरा खोलाबाट कुलो निर्माण गरी ९० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उपआयोजनाको लक्ष्य रहेको छ,ू उनले भने। रु। ५ लाखको लागतमा सिँचाइ उपआयोजनाको पम्प राख्न भवन निर्माणको कार्य पूरा भएको छ। दुई वर्षभित्रै आयोजना निर्माण कार्य पूरा हुने अध्यक्ष चौधरीले बताए। सिँचाइ आयोजना निर्माण भएपछि यस क्षेत्रमा बसोवास गर्ने झन्डै २०० बढी परिवार लाभान्वित हुने बताइएको छ।

ठेक्का प्रक्रियाद्वारा निर्माण भइरहेको आयोजनाका लागि सिञ्चित गर्ने प्रतिहेक्टरका लागि एसियाली विकास बैंकले एक हजार ५०० अमेरिकी डलर प्रदान गर्ने सम्झौता भएको छ।

साना सिँचाइ प्रणालीको निर्माण तथा पुनःस्थापना र भरपर्दो सिँचाइ प्रणालीको विकास गरी कृषिबाली सुधार र बाली सघनता बढाउँदै विपन्न समुदायको आर्थिक र सामाजिक अवस्थामा सुधार गरेर लैजाने आयोजनाको उद्देश्य रहेको छ।

कञ्चनपुरमा एडिबीको सहयोगमा लिफ्ट सिँचाइ उपआयोजनाअन्तर्गत रु। ५ करोड ५ लाख ८४ हजारको लागतमा १५ वटा उपआयोजना निर्माण भइरहेका छन्।