एमाओवादी बैठक आज अपराह्न बस्दै

0 6

काठमाडौं, चैत ६ । सत्तारुढ दल एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । राजधानीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा अपरान्ह २ बजेपछि बस्ने बैठकमा पार्टीको आगामी रणनीति र कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाकासाथै सरकारका कामकारवाहीको समिक्षासमेत हुने पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । एमाओवादीमा आफ्नै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कामकारवाहीलाई लिएरसमेत आलोचना हुँदै आएको छ ।

यस्तै बैंक लकरमा बन्दुकको गोली भेटिएपछि पक्राउ परेका नेता ल्यारक्याल लामाबारे पनि बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताए । लामाबारे एमाओवादीले आधिकारिकरुपमा अहिलेसम्म कुनै प्रक्रिकिया दिएको छैन् ।

पार्टीभित्रै चर्को विरोधका बावजुत एमाओवादीले विवादास्पद छविका लामालाई समानुपतिक तर्फबाट सांसद बनाएको थियो । फौजदारी मुद्दामा पक्राउ परेलगत्तै उनको सांसद पद भने स्वतः खारेज भएको छ ।