अनिल पहाडी शिखर चढ्दै

0 12

पछिल्लाे समय रुपन्देहीबाट कलाक्षेत्रमा चर्चा कमाएका युवाकाे नाम हाे अनिल पहाडी । बि.स. २०६६ सालदेखि रेडियाेकर्ममा पनि जमेका उनी सानै उमेरदेखि गाउन रुचि राख्दथे ।

प्रदर्शनी अाइडल २०६८ मा गायन मा उपबिजेता बनेका उनलाइ उपबिजेता बनेपछि उनकाे स्वर अझै खुल्दै गयाे । बुटवलकाे रेडियाे रिपब्लिक ८८ .२ मा समेत कार्यरत युवा गायक पहाडी यतिबेला नंया लोकपप गीत कहाँ छाै तिमीकाे भिडियो रिलिज भएको छ ।

पाल्पा र बुटवलका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोलाई बिष्णु भट्टराइले निर्देशन गरेका छन् । मुक्ती बाबु र मन्जु सुबेदीको अभिनय रहेको उक्त भिडियोमा सङ्गीत, शब्द तथा आवाज अनिल पहाडीको छ भने सुरेश सेन्चुरीले एरेन्ज गरेका छन् ।
imager

लगनको बेला आफ्नो मायालु खोजिरहेका युवा पुस्तालाई भिडियोले मन छुने उक्त भिडियोमा अभिनय गरेका मुक्ती बाबुले जानकारी दिए ।

यसअघि अनिलकाे स्वरमा ६ वटा गीत बजारमा अाइसकेका छन् । उनले गाएका ३ वटाकाे भिडियाे तयार पनि भैसकेकाे छ ।

५ बर्ष देखि संगीत सिक्दै गरेका उनकाे उमेर भने भर्खरै २५ बर्ष पुगेकाे अनिलकाे स्वर भरिएका गीतहरु सधैं चर्चामा छन् । रुपन्देहीकाे पश्चिम सैनामैना नगरपालिका १ मा उनकाे स्थायी घर छ । उनलाइ याे क्षेत्रमा लाग्न परिवारजन तथा साथिसंगीकाे महत्वपूर्ण हात रहेकाे उनले बताए ।