संचारकर्मी सुरज पौडेल भए गायक

0 12

12516438_1009004605873370_159276226_n

संचारकर्मी सुरज पौडेल गायनमा डेब्यू भएका छन् । ‘मनको खुशी’ एल्बममा समावेश उनको पहिलो गीत ‘गोलीले लागेझै’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल यस टेलिभिजनमा कार्यरत सुरज स्वयम्ले यो गीतको शब्द लेखेका हुन् ।

भिषण राईको संगीत रहेको गीतको भिडियोमा हट अभिनेत्री सुष्मा कार्कीले अभिनय गरेकी छिन् । उनलाई मोडल केवल भुजेलले साथ दिएका छन् । शंकरअधिकारी घायलको निर्देशन, प्रदिप ज्ञवालीको कोरियोग्राफीमा रामेश्वर हुमागाईंले खिचेको भिडियोमा सुष्मा र केवलको लभ क्यामेस्ट्री देख्न सकिन्छ ।

sushma-kisss

युवराज खत्रीको सम्पादन रहेको गीतमा सुष्मालाई केवलले अनेक तरिकाबाट फकाउन खोजिरहेका छन् । गायक पौडेलले गायन आफ्नो सानैदेखिको रुची रहेको बताए । ‘यो मेरो पहिलो प्रयास हो । त्यसैले केही कमिकमजोरी भए होलान्,’ उनले भने, ‘क्रमशः आफुलाई निखार्दै जाने सोचमा छु । त्यहीकारण विगत ६ महिनादेखि संगीत शिक्षामा पनि लिइरहेको छुँ । ’