आयूषराज धितालले गाए अंग्रेजि र नेपाली

0 73

12083660_1720983981375011_1809182021_n

नेपाली सांगीतिक फाटमा नव प्रतिभाको रुपमा गायक आयूषराज धितालको आगमन भएको छ । आयूष मात्र १४ बर्षका भए, उनि गोवाको सन साईन वल्ड  वाईड स्कुलमा कक्षा ७ मा अध्यनरत छन्। सानो उमेरमा नै यति राम्रो क्षमता भएकोमा उनको यतिबेला चर्चा भईरहेको छ ।

आयुषले बिदामा नेपाल आएको मौका छोपी ‘रंग वे(wrong way)’ नामक अंग्रेजी र नेपाली दुवै भर्सनमा गीत तयार पारि म्यूजिक भिडियो समेत सार्बजनिक गरेका छन । नेपाली भर्सनमा भने ‘म हिडिरहेछु’ बोल राखेर गएका छन, दुवै गीतको भने संगीत बिनोद भुजेलले गरेका छन ।

12516477_995816817165546_182269547_n

गीतको अंग्रेजी शब्द यमन खानको रहेको छ भने नेपाली शब्द रचना भवानी भुजेलको हो, गीतको एरेन्ज बिकाश भुजेलले गरेका हुन् । गायक आयुषले संगीत आफ्नो प्यासन भएको र सधैभ आफु संगीत कर्ममा लगिरहने बताए । उक्त म्यूजिक भिडियोको निर्देशन यूबराज वाईबाले गरेका छन ।

भिडियोमा अभिनय गायक आयुष स्वयम संगै प्रशंषा शाह, आर्यन महर्जन दिलिश केसी संयोग लुईटेलको रहेको छ । उत्सब दाहालले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।