म्याद गुज्रिएका सामग्री बिक्रीमा

0 10

 

 

जाजरकोट, ५ चैत । यहाँका बजारमा म्याद गुज्रिएका सामग्री बेरोकटोक बिक्री–वितरण हुने गरेका छन् । अनुगमन र नियमन प्रभावकारी नहुँदा यस्तो भएको सरोकारवाला बताउँछन् ।

जिल्लाको सदरमुकाम, दल्ली, कालीमटी, रिम्ना लगायतका एकदर्जनभन्दा बढी बजारमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु बिक्री–वितरण भइरहेको बताइन्छ । केही दिनअघि जाजरकोटमा गृहमन्त्री आउँदा उनलाई खुवाउनका लागि ल्याइएको जुस नै म्याद नाघेको भेटिएपछि यो कुराले थप चर्चा पाएको हो ।

विगत पाँच महिनादेखि जाजरकोटमा कुनै पनि बजारको अनुगमन गरिएको छैन । दैनिक म्याद नाघेको वस्तु बिक्री–वितरण गर्दा पनि सरोकारवाला निकायले ध्यान नदिँदा दैनिक उपभोक्ता ठगिने क्रम बढेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

यता, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा भर्खर सहायक प्रजिअ आएका कारण यहाँको वस्तुस्थिति बुझेर अनुगमन गरिने बताए । चाउचाउ, बिस्कुट, तेल जस्ता खाद्यवस्तुको बढी नै म्याद गुज्रिएको भेटिने स्थानीयवासीले बताउँछन् ।