ट्याक्टर चलाउँदै नक्कली डाक्टर

0 7

Tracter

काठमाडौं,चैत ५ । चिकित्सकको लाइसेन्सका लागि पटक पटक परीक्षा दिँदापनि असफल भएका धनुषाका प्रदीपकुमार गुप्ता परीक्षा दिन राजधानी आएकै बेला पक्राउ परे । विगत ६ वर्षअघि चीनबाट एमवीवीएस उतीर्ण गरेका गुप्तालाई सिआइवीको केन्द्रीय अनुुसन्धान टोलीले पक्राउ गर्यो । नक्कली चिकित्सकको आरोपमा पक्राउ परेका १५ जना नक्कली डाक्टर मध्ये गुप्ता पनि एक हुन ।
कुन कुन अस्पतालमा काम गर्दैछौ भन्ने अनुसन्धान टोलीको प्रश्नमा गुप्ताले कहाँ काम गर्नु र हजुर, परीक्षा पास गर्न सकिन, घरमा एउटा ट्याक्टर छ, त्यहि चलाउँदैछु भन्ने जवाफ दिएका थिए । चिकित्सकको लाइसेन्स लिन नसकेपछि गाउँमा ट्याक्टर चलाएर वस्नु परेको गुप्ताको भनाई छ ।
गुप्ताले ६ वर्षदेखि चिकित्सकको लाइसेन्सका लागि परीक्षा दिँदै आएका थिए ।