लागुऔषध अपराध अनुसन्धान तालिम सम्पन्न

March 17 2016 03:08

बिराटनगर, चैत ४ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा सञ्चालित तिन दिने लागुऔषध अपराध अनुसन्धान तालिम सम्पन्न भएको छ । सो तालिमको लागुऔषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्द र पूर्व क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले समापन गरेका थिए ।

चैत १ देखी ३ गतेसम्म सञ्चालित सो तालिममा पूर्व क्षेत्रअन्तर्गतका बिभिन्न कार्यलयहरुको अपराध अनुसन्धान क्षेत्रमा कार्यरत २८ जना प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता थियो। सहभागिहरुलाई लागुऔषध नियन्त्रणका बिषयमा विविध पक्षहरुका बारेमा प्रशिक्षण दिइएको थियो ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रहरी नायब महानिरिक्षक चन्दले प्रमाण पत्र बितरण गर्दै तालिममा दिईएका बिषय बस्तुहरुलाई ब्यवहारमा कार्यान्वयन गरी लागु औषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढ्नसमेत निर्देशन दिए ।

सो कार्यक्रममा गृह मन्त्रालय लागु औषध शाखाका उपसचिव फडिन्द्रमणि पोख्रेल, मोरङ जिल्ला अदालतका न्यायधिस बिनोद मोहन आचार्य र प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले लागु औषध नियन्त्रणका बिषयमा आ–आफ्नो भनाई राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top