रक्तचन्दन तस्करीमा इन्सपेक्टर

0 5

काठमाडौं, फागुन ३० । रक्तचन्दन तस्करीमा संलग्न प्रहरी अधिकृत रंगेहात फेला परेका छन् । चितवनबाट धादिङ, नुवाकोट हुदै रसुवा लान लागिएको रक्तचन्दनका साथमा प्रहरी निरिक्षक (इन्सपेक्टर) दिपेन्द्र बस्नेत रंगेहात फेला परेका हुन् । उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् । बा ७ प ६२३५ नम्वरको निजी गाडीमा ३० किलो बराबरको अवैध रक्तचन्दनका दुई वटा मुढासहित बस्नेतलाई पक्राउ गरिएको हो ।

चितवनको साकुरा रेष्टुरेन्टमा खाजा खान लागेका बेला बस्नेतलाई पक्राउ गरिएको थियो । एकीकृत माओवादी समर्थित वाइसीएलका युवाहरुले बस्नेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मा लगाएका थिए ।
वाईसीयलका महासचिव रामप्रसाद सापकोटा दिपशिखाले बिज्ञप्ती जारी गर्दै प्रहरी निरिक्षक बस्नेतले अवैध रक्तचन्दन तस्करी गरिरहेको

अवस्थामा फेला पारिएको जानकारी दिदैं कडा कारवाहीको माग गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् – “तस्करी जस्तो गम्भीर अपराध रोक्न भूमिका खेल्नुपर्ने प्रहरी आफैँ संलग्न देखिनु निन्दनिय मात्रै होइन तस्करीजस्तो अपराधमा राज्यको संलग्नता समेत ठहर गर्दछ । हाम्रो संगठन कडाभन्दा कडा कारवाहीको माग गर्दछ ।”