शेखर कोइराला ७८१ मतकासाथ अग्रस्थानमा

0 7

कांग्रेसको १३औं महाधिवेशनअन्तर्गत् भएको निर्वाचनको मतगणना जारी

काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसको १३औं महाधिवेशनअन्तर्गत् भएको निर्वाचनको मतगणना जारी छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेसको खुला केन्द्रीय सदस्य २५ पदका लागि ९० जना प्रतिस्पर्धामा छन् । खुला केन्द्रीय सदस्यतर्फ १३०३ मतगणना हुँदा डा. शेखर कोइराला ७८१ मतकासाथ अग्रस्थानमा छन् भने खुमबहादुर खड्का ७४४ मतकासाथ दोस्रो स्थानमा छन् ।

यस्तै, प्रकाशमान सिंह ७३५ मतकासाथ तेस्रो स्थानमा छन् ।

१३०३ मतगणना हुँदा शीर्ष २५ को मतपरिणाम यस्तो छः
१. डा. शेखर कोइराला–७८१
२. खुमबहादुर खड्का–७४४
३. प्रकाशमान सिंह–७३५
४. प्रदीप पौडेल–७१४
५. पूर्णबहादुर खड्का–७०८
६. प्रदीप गिरी–७०८
७. धनराज गुरूङ–७०५
८. कुलबहादुर गुरूङ–७०६
९. विमलेन्द्र निधि–६९९
१०. बालकृष्ण खाण–६९९
११. रमेश लेखक–६९७
१२. महेश आचार्य–६९६
१३. बलबहादुर केसी–६९२
१४. डा. रामशरण महत–६७०
१५. सुजाता कोइराला–६५४
१६. विश्वप्रकाश शर्मा–६४७
१७. शंकर भण्डारी–६२९
१८. डा. प्रकाशशरण महत–६२५
१९. डा. मीनेन्द्र रिजाल–६११
२०. डा. नारायण खड्का–६०८
२१. चन्द्र भण्डारी–६०४
२२. गोपालमान श्रेष्ठ–६०१
२३. एनपी साउद–६०१
२४. वद्री पाण्डे–५९३
२५. ज्ञानेन्द्र कार्की–५८०