सबै परिणाम आजै ल्याउने तयारी

0 4

काठमाडौं, फागुन ३० । नेपाली काँग्रेसको खुल्ला र प्रदेशका केन्द्रीय सदस्यको मतगणना आज सक्ने तयारी भएको छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेकाअनुसार आज सबै मत परिणाम सक्ने गरी गणना भइरहेको छ । ‘राति अबेरसम्म भएपनि आज मतगणना सक्ने तयारी गरिएको छ,’ उनलजे भने, ‘निर्वाचन समिति सबै नतिजा आजै ल्याउने गरी अगाडि बढिरहेको छ ।’

खुल्ला २५ र प्रदेशका १४ गरी ३९ जना सदस्यको गणना आजै सक्ने गरी तयारी भएको समितिका जानकारी दिए । खुला केन्द्रिय सदस्यतर्फ ३ हजार बढी मतमध्ये अहिलेसम्म १ हजार ५ सयमात्र गणना भएको छ । प्रदेशतर्फ ४ सय मत गणना गरिएको समितिले जनाएको छ ।

समावेशी र आरक्षित गरी २२ जना केन्द्रिय सदस्य निर्वाचित भइसकेका छन् । पार्टी केन्द्रिय कार्यालयमा गणना सुरु भइरहेको छ । खुल्लामा खुमवहादुर खडका, शेखर कोइराला, प्रकाशमान सिहलगायत माथिल्लो स्थानमा छन् ।