काँकडभिट्टामा अन्तर्राष्ट्रिय भाषा गोष्ठी सुरु

0 14

Language

काँकडभिट्टा,झापा, फागुन २९ । नेपाली भाषालाई एकरुपता बनाउने उद्देश्यका साथ आजदेखि झापाको काँकडभिट्टामा अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्घगोष्ठी सुरु भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय गोष्ठीमा भारतको आसाम, मणिपुर, बर्मा, मेघालय तथा नेपालका विभिन्न क्षेत्रबाट ७० जना भाषाविद्को सहभागिता छ ।

तीनसम्म चल्ने गोष्ठीको प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा विष्णुविभु घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाली भाषा, व्याकरण कोषलगायतका विषयमा अन्तरक्रिया तथा विभिन्न साहित्यकारले कवितावाचन गर्ने कार्यक्रम रहेको आयोजक तथा गोष्ठी व्यवस्थापन समितिका सचिव पुण्यप्रसाद खरेलले जानकारी दिए । गोष्ठीमा नेपाल र भारतका भाषाविद्ले विभिन्न आठवटा विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।