लाङटाङमा आलुको बीउ वितरण

0 7

धुन्चे (रसुवा), फागुन २९ । लाङटाङ क्षेत्रको परम्परागत आलु उत्पादनलाई निरन्तरता दिन आलुको बीउ वितरण गरिएको छ ।

लाङटाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा तामाङका अनुसार गत वैशाख १२ गतेको भूकम्पले लाङटाङभित्रको लाङटाङ गाउँ पुरिँदा मानव बस्तीका साथै खेतीयोग्य जमिनसमेत बगरमा परिणत भएर बीउसमेत हराएका कारण जिल्ला कृषि विकास कार्यालय रसुवाको सहयोगमा एक हजार केजी आलुको बीउ प्राप्त भएको हो ।

potato

कृषि कार्यालयबाट रायो, काउली, मूला, धनियाँ, प्याजका बीउसमेत प्राप्त भएको र ती सामग्री समरिटन पल्र्स नामक गैरसरकारी संस्थाको सहयोगमा फिस्टेल एअरको हेलिकप्टरबाट लाङटाङ पु¥याई सकिएको अध्यक्ष तमाङले बताए ।