कमजोर छैनन दृष्टिविहीन

March 12 2016 03:49

काठमाडौँ, फागुन २९ । दृष्टिविहीनलाई कमजोर ठान्नु गलत काम हुनेछ । यदि यस्तो सोचाइ कसैले राखेको छ भने यो गलत धारणा हो । नेपालमा दृष्टिविहीन पनि सपाङ्गभन्दा कुनै अर्थमा कमजोर छैनन् ।

नेपालमा हाल चारजना दृष्टिविहीनले विद्यावारिधि गरिरहेका छन् भने ५५ जना स्नातकोत्तर तहमा अध्ययनरत छन् । स्नातक तहमा १५० तथा एसएलसीमा ८५० जना महिला अध्ययनरत छन् ।

नेत्रहीन महिला सङ्घ नेपालले कुल एक लाख महिला दृष्टिविहीनमध्ये १३४ महिला दृष्टिविहीनले रोजगारी पाएको जानकारी दिएको छ ।

संघका अनुसार शिक्षण पेसामा १०२ महिला, गैरसरकारी संस्थामा छ महिला दृष्टिविहीन, टेलिफोन अपरेटरमा छ दृष्टिविहीन महिला, उद्यमीतर्फ एक जना, सङ्गीततर्फ पाँच, निजामतितर्फ तीन चिकित्सा क्षेत्रमा तीन तथा औद्योगिक क्षेत्रमा चार महिला दृष्टिविहीन कार्यरत छन् ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top