दुबईमा १३ वर्षपछि भिषण वर्षा (फोटो फिचर) तस्बिर : किमत न्यौपाने

0 12

12794546_1333265536699408_3422520110635948739_n

काठमाडौं, फागुन २७ । ठुलो संख्यामा नेपाली कामदार रहेको खाडी मुलुक संयुक्त अरब इमिरेट्समा १३ वर्षपछि विहिबार भीषण वर्षा भएको छ । वर्षासँगै आएको हावाहुरीको कारण ठुलो धनमालको क्षति भएको अनुमान गरिएको छ ।

वर्षासँगै चलेको हावाका कारण सडकमा रहेको बत्तीका पोल र रुखहरु ढल्नाले सवारीसाधनहरुमा क्षति पुगेको छ ।
आँधीबेहरी र भारी वर्षाका कारण युएईका उडानहरु रद्द गरिएको थियो । त्यहाँको सरकारले विद्यालयहरु समेत बन्द गराउनुपरेको थियो ।

युएईका साथै छिमेकी मुलुक ओमानमा पनि आँधीबेहरीको कारण तीन जनाको मृत्यु भएको थियो । युएईमा भने हताहतीको विवरण आएको छैन ।
युएईका राजधानी आबुधावी र मुख्य शहर दुबई वर्षाको कारण धेरै प्रभावित हुन पुगेको थियो । दुबईमा शुक्रवार पनि थप पानी पर्नसक्ने भएकोले आपतकालिन सेवा दमकल, ट्राफिक, एम्बुलेन्सलाई तयारी अवस्थामा राखेको छ ।
 

 

 

 

12799158_1333265483366080_5216914013894392303_n12800193_1333265586699403_3500266525784781688_n12805936_1333265556699406_954302177602127081_n12814014_1333265633366065_408738661932795112_n12814125_1333265613366067_4551485999649990282_n12814189_1333265450032750_2483373063506823039_n12821484_1333265660032729_7296444016196895939_n