सुरजसिंह ठकुरीको सपना पुरा हुदै

0 6

]suraj_singh_thakuri

काठमाडौं । बाल्यकालदेखि नै नेपाली सेनाको बर्दी लगाएर राष्ट्रको सेवा गर्ने योजना बुनेका नायक सुरजसिंह ठकुरीले कहिल्यै पनि त्यो सपना पुरा गर्न पाएनन् । तर अब भने सेनाको बर्दी लगाउने उनको सपना पुरा भएको छ ।

वास्तविक जीवनमा सेनाको बर्दी नलगाए पनि उनले फिल्म ‘सयपत्री’मा चाहिँ सेनाको बर्दी लगाउने भएका हुन् । ‘सानोदेखिको सेनाको जागिर खाने सपना पुरा गर्न नपाए पनि फिल्ममा चाहिँ अब त्यो सपना पुरा गर्न पाउँदैछु ’राजधानीमा आयोजित फिल्म घोषणा कार्यक्रममा उनले भने,‘फिल्ममै भए पनि सेना बन्न पाउँदा खुशी लागेको छ ।’

फिल्मकी नायिका आयुष्मा कार्कीले फिल्ममा आफ्नो अभिनय पहिलो हुने भए पनि राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताईन् । निर्देशक बबी भूपाल सिंहले फिल्मले सामाजिक कथासँगै सेनाको जीवन पनि प्रस्तुत गर्ने बताए । उनले यसअघि ‘माला’ निर्देशन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले फिल्मले सेनाको कथा प्रस्तुत गर्ने भएकाले आफ्नो सहयोग रहने बताए । सुरज श्रेष्ठको लगानी रहने फिल्ममा राजेश श्रेष्ठको छायांकन, मनोज केसीको संगीत रहनेछ ।