हिमालय एअरलाइन्सले चैत ३० गतेदेखि व्यवसायिक उडान गर्ने

0 10

 

काठमाडौं, फागुन २७ । हिमालय एअरलाइन्सको एअरबस ‘ए ३२०–२१४’ काठमाडौं आइपुगेको छ । नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित हिमालय एअरलाइन्सको पहिलो उडान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

चीनको छेंदुमा विमान हस्तान्तरणपछि विमानलाई काठमाडौं ल्याइएको हो । १ सय ५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको ८ ओटा सिट विजनेस a र १ सय ५० सिट इकोनोमी क्लासको रहेको छ । हिमालय एअरलाइन्सको पहिलो व्यवसायिक उडान दिल्ली हुने जनाइएको छ ।

नेपालबाट अन्तर्रा्ष्ट्रिय हवाई सेवा प्रदान गर्न हिमालयले तिब्बत एयरलाइन्ससँग सहकार्य गर्न लागेको हो । चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जनाएको छ । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो ।

हिमालयले पहिलो उडान सुरु गरेको केही महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ ।  हिमालयले विस्तारै अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना समेत बनाएको छ ।