पेसिर सेन्ट जर्मेन पिएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा

0 7

काठमाडौँ, फागुन २७ । पेसिर सेन्ट जर्मेन पिएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रिक्वाटर फाइलनको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई २–१ को हराएको फ्रेन्च क्बल पिएसजी समग्रमा ४–२ को जितसहित क्वाटर फाइलनमा प्रवेश गरेको हो ।

पहिलो लेगमा पनि चेल्सी पिएसजीसँग २–१ ले नै पराजित भएको थियो । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पिएसजीका लागि एड्रिएन राबियो र जाल्टन इब्राहिमोविचले एक एक गोल गरे । चेल्सीका लागि डिएगो कोस्टाले एक गोल फर्काए पनि हार टार्न सकेनन् । १६ औं मिनेटमा राबियोले पिएसजीलाई सुरुवाती अग्रता दिलाए ।

२७ औं मिनेटमा चेल्सीका कोस्टाले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएपनि ६७ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै पिएसजीलाई जित दिलाए । गएको सिजनमा पनि पिएसजीले चेल्सीलाई प्रिक्वाटर फाइनमा हराएर अन्तिम ८ मा स्थान बनाएको थियो । तर अघिल्लो सिजन अवे गोलका आधारमा विजयी भएको पिएसजीले यसपटक भने चेल्सीमाथि निकै दबाब राख्यो ।

प्रिमियर लिगको १० औं स्थानमा रहेको चेल्सीले आउँदो शनिबार एफए कपको क्वाटर फाइनलमा एभर्टनसँग खेल्नेछ । यस्तै बेन्फिकाले पनि च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान बनाएको छ । बुधबार राति नै भएको प्रिक्वाटर फाइनलको दोस्रो लेगमा जेनित सेन्ट पिटरसबर्गलाई २–१ ले हराएको बेन्फिका समग्रमा ३–१ को जितसहित क्वाटर फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा बेन्फिका १–० ले विजयी भएको थियो ।