अन्सारी को लै बरी लै बजारमा …..

0 9

 

युवा अवस्थामा देखिने मायाँ प्रेमको झ झल्को बोकेर नेपाली गीत संगीतको क्षेत्रमा प्रवेश गरेको छ लै बरी लै … गीतले युवाबर्गको संगीत प्रतिको झुकाव समेत प्रतिनिधित्व गरेको छ भन्दा फरक पर्दैन ।

बचपन देखि संगीत प्रति रुची लिने र विद्यालयस्तरका बिभिन्न गायन तथा नृत्य कार्यक्रम एवं प्रतियोगिताहरुमा आफ्नो सफल प्रस्तुती दिदै दर्शकहरुको प्रशंसा बटुल्दै आएका वसिम अन्सारीले लोक तथा पप गीत लै बरी लै …. लिएर आएका हुन ।

हाल त्रिचन्द्र कलेजमा अध्ययनरत अन्सारी संगीत प्रशिक्षण समेत लिदै आएका छन । आफु नेपाली संगीत क्षेत्रमा सक्रिय रुपमा अगाडी बढ्ने अठोट लिएर आएर अन्सरीको लै बरी लै…. गीत आशाजनक नै छ । राकेश रसाईलीको संगीत रहेको यस गीतले दर्शक श्रोता माझ माया प्रशंसा बटुल्न सफल होस ।