रोनाल्डोको ४० औं गोलसँगै रियल मड्रिड क्वार्टरफाइनलमा

0 4

 

काठमाडौं, फागुन २६ । क्रिष्टियानो रोनाल्डोको सिजनको ४० औं गोलसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएबो च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल मड्रिडले रोमालाई २-० ले हराएको छ ।

पहिलो लेगमा पनि २-० कै जित हात पारेको रियल मड्रिड समग्रमा ४-० ले विजयी भएको छ । घरेलु मदौनमा भएको खेलमा रियल मड्रिडका लागि ६४ औं मिनेटमा रोनाल्डोले गोल गरे । उनको यो सिजनको ४० औं गोल हो ।

६८ औं मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिगको १० पटकको च्याम्पियन हो । र, यो सिजन उसले जित्नसक्ने यो मात्र प्रतियोगिता छ ।

ला लिगामा बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ भने कोपा डेल रेमा अयोग्य घोषित भइसकेको छ ।